वतावरण दिवस


मुखिया बालाई नटेर्ने कमै छन् गाउँमा। सबैका प्रीय, न्यायप्रेमी अनि समाजसेवी। केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ गाउँमा। बाटोघाटो, वनजंगल, खानेपानी, सबैखाले समितिमा उनको सकृय भुमिका छ। आज वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम थियो गाउँमा। मुखिया बाले उद्घाटन विरुवा मात्र नभइ अरु पनि धेरै विरुवा रोपे। गाउँले सबैले खुब जोश देखाए। अन्त्यमा जोशिला मन्तव्य दिँदै गाउँले सबैलाई वनजंगलको महत्त्वको बारेमा सचेत गराउँदै कहिँकतै केही भइहाले तुरुन्त आफुलाई खबर गर्न अनुरोध पनि गरे। मिजासिला मुखिया पाएर गाउँले सबै दङ्ग छन्। सौहार्दतापुर्वक वातावरणमा कार्यक्रम सकियो। राती खाना खाइवरेपछि सुत्नेबेला मुखिया बाको मोबाइलमा दिपेस सरको फोन आयो।
"हजुर सर!"
"मुखिया बा, सय जति सालका मुढा तयार छन्।"
"ल रातभरिमा पुरानै अड्डा पुर्‍याउनु। बाकी कुरा भेटेरै गरौँला।"

भर हुँदैन



बर्षा यामको पानीको भर हुँदैन जानिराख।
रुप अनि जवानीको  भर हुँदैन जानिराख।।

मैलेजस्तै माया गर्ने धेरै नै छन भन्छौ तिमि 
मनगढन्ते कहानिको भर हुँदैन जानिराख।।


 भोलिदेखि राम्रो मन्छे बन्छु भनि भाखा सार्छौ
 हरेक ती बिहानिको भर हुँदैन जानिराख।।

 आफुले नै आफ्नो गीत गाउँदै हिँड्ने धेरै देखेँ
 ज्ञान भको अज्ञानीको भर हुँदैन जानिराख।।

 जन्मजन्म सँगै जिउने मर्ने कसम खाएपनि
 धन हेर्ने सान्नानीको भर हुँदैन जानिराख।।

 

कसलाई सुनाउँ??






मन दुखेको कुरा कसलाई सुनाउँ??
यी आँसु सुकेको कुरा कसलाई सुनाउँ??

मात्र बाहिरी हाँसो  त देख्छन सबैले 
रुँदा म लुकेको कुरा कसलाई सुनाउँ??

मायाको शिखरसम्म पुगेर एक्कासी
फेदैमा पुगेको कुरा कसलाई सुनाउँ??

सफल हुन प्रयास गर्दागर्दै जीवनमा
पलपल चुकेको कुरा कसलाई सुनाउँ??

आत्मसम्मानको ठुला कुरा गर्नेहरु नै
धनसामु झुकेको कुरा कसलाई सुनाउँ??


वतावरण दिवस

मुखिया बालाई नटेर्ने कमै छन् गाउँमा। सबैका प्रीय, न्यायप्रेमी अनि समाजसेवी। केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ गाउँमा। बाटो...