वास्तविकता


 

जो जती मेरो दिलमा अटाएका छन्

अफसोच् मलाई भने हटाएका छन् । । 


मेरा मान्छे हुन् साथैमा छु है भन्छु म

खै किन हो झन् झन् माया घटाएका छन् । । 


भो केहि भन्दिन चोट पर्ला तिम्लाई

तिम्रा कुराले यो मन फटाएका छन्  । । 


झोलेहरुलाई त मस्ती नै छ यहाँ 

सोझाले खाडिमै जीवन कटाएका छन् । । 


लाज नै लजाइसक्यो देखी नेता यी

चल्ला कुर्न गिद्धहरु खटाएका छन् । । 


गन्तव्य पुगी रमाएको देख्छन् सबै

यात्रामा असिनाले त ठटाएका छन् । । 


जिन्दगीको सिकाइ




हिंड्ने बाटो त कठिन थियो । 

तर पनि निभेन आशाको दियो । । 


अनेकौँ ठक्कर जिवनले लियो । 

हरेक पटक मिठो सन्देश थपियो । । 


प्राय प्राय राता बत्तीहरु मै परियो । 

खुशी मिल्थ्यो जब बल्थ्यो हरियो  । । 


भ्रममा अल्झिइयो दलदलामा फसियो । 

ससाना पिडाहरु  झन् कत्ती हो कत्ती हो । । 


खुशी थोरै थोरै दुखहरु बढी भो । 

पुस्तकले कम भोगाइले धेरै पढियो । । 

बुझ्नेछौ



बाच्छोले कसरी खेद्छ मृगलाई नडराई? बुझ्नेछौ । 

 फरक के छ दुइमा माया र घृणा गराई बुझ्नेछौ । । 


 जिन्दगीले यहाँ एकपटक ठक्कर मात्र दिनुपर्छ । 

 आफ्नाहरु त चिनिएला नै सँगै को पराई बुझ्नेछौ । ।

वास्तविकता

  जो जती मेरो दिलमा अटाएका छन् अफसोच् मलाई भने हटाएका छन् । ।  मेरा मान्छे हुन् साथैमा छु है भन्छु म खै किन हो झन् झन् माया घटाएका छन् । ।  ...