जिन्दगीको सिकाइ




हिंड्ने बाटो त कठिन थियो । 

तर पनि निभेन आशाको दियो । । 


अनेकौँ ठक्कर जिवनले लियो । 

हरेक पटक मिठो सन्देश थपियो । । 


प्राय प्राय राता बत्तीहरु मै परियो । 

खुशी मिल्थ्यो जब बल्थ्यो हरियो  । । 


भ्रममा अल्झिइयो दलदलामा फसियो । 

ससाना पिडाहरु  झन् कत्ती हो कत्ती हो । । 


खुशी थोरै थोरै दुखहरु बढी भो । 

पुस्तकले कम भोगाइले धेरै पढियो । । 

1 comment:

  1. पुस्तकले कम भोगाईले धेरै पढियो । सार्है मिठो, अझै लेख्दै जानुहोला दाजु । 🙂

    ReplyDelete

thanks for your kind participation

वास्तविकता

  जो जती मेरो दिलमा अटाएका छन् अफसोच् मलाई भने हटाएका छन् । ।  मेरा मान्छे हुन् साथैमा छु है भन्छु म खै किन हो झन् झन् माया घटाएका छन् । ।  ...