वतावरण दिवस


मुखिया बालाई नटेर्ने कमै छन् गाउँमा। सबैका प्रीय, न्यायप्रेमी अनि समाजसेवी। केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ गाउँमा। बाटोघाटो, वनजंगल, खानेपानी, सबैखाले समितिमा उनको सकृय भुमिका छ। आज वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम थियो गाउँमा। मुखिया बाले उद्घाटन विरुवा मात्र नभइ अरु पनि धेरै विरुवा रोपे। गाउँले सबैले खुब जोश देखाए। अन्त्यमा जोशिला मन्तव्य दिँदै गाउँले सबैलाई वनजंगलको महत्त्वको बारेमा सचेत गराउँदै कहिँकतै केही भइहाले तुरुन्त आफुलाई खबर गर्न अनुरोध पनि गरे। मिजासिला मुखिया पाएर गाउँले सबै दङ्ग छन्। सौहार्दतापुर्वक वातावरणमा कार्यक्रम सकियो। राती खाना खाइवरेपछि सुत्नेबेला मुखिया बाको मोबाइलमा दिपेस सरको फोन आयो।
"हजुर सर!"
"मुखिया बा, सय जति सालका मुढा तयार छन्।"
"ल रातभरिमा पुरानै अड्डा पुर्‍याउनु। बाकी कुरा भेटेरै गरौँला।"

वतावरण दिवस

मुखिया बालाई नटेर्ने कमै छन् गाउँमा। सबैका प्रीय, न्यायप्रेमी अनि समाजसेवी। केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ गाउँमा। बाटो...