तिम्रै खुसि


तिम्रै खुसी

From the Archives: 'Tragedy by the Sea' wins 1955 Pulitzer - Los ...


त्यही ठाउँ भेट्न आउँछु पर्ख फर्क तिम्रै खुसी
माया मेरो घट्नेछैन तर्के तर्क तिम्रै खुसी ।।

भुलेर ती हिजोका पल बाँच्नदेउ भनौलि नि
आफू त सधै नरम झर्के झर्क तिम्रै खुसी ।।

आजजस्तै भोलि पनि नरहला नसोचेरै
दाहिनेतिर नहेरेर देब्रे फर्क तिम्रै खुसी ।।

स्वर्गीय सुख माया हो होइन धन भन्ने तिमी
रहरहरु पूरा गर्न लाग नर्क तिम्रै खुसी ।।

बिर्से मैले झुठा बाचा बिर्सिदे ल भगवान
अर्कैसँग फुलअक्षता छर्के छर्क तिम्रै खुसी ।।







वतावरण दिवस

मुखिया बालाई नटेर्ने कमै छन् गाउँमा। सबैका प्रीय, न्यायप्रेमी अनि समाजसेवी। केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ गाउँमा। बाटो...