भर हुँदैन



बर्षा यामको पानीको भर हुँदैन जानिराख।
रुप अनि जवानीको  भर हुँदैन जानिराख।।

मैलेजस्तै माया गर्ने धेरै नै छन भन्छौ तिमि 
मनगढन्ते कहानिको भर हुँदैन जानिराख।।


 भोलिदेखि राम्रो मन्छे बन्छु भनि भाखा सार्छौ
 हरेक ती बिहानिको भर हुँदैन जानिराख।।

 आफुले नै आफ्नो गीत गाउँदै हिँड्ने धेरै देखेँ
 ज्ञान भको अज्ञानीको भर हुँदैन जानिराख।।

 जन्मजन्म सँगै जिउने मर्ने कसम खाएपनि
 धन हेर्ने सान्नानीको भर हुँदैन जानिराख।।

 

कसलाई सुनाउँ??






मन दुखेको कुरा कसलाई सुनाउँ??
यी आँसु सुकेको कुरा कसलाई सुनाउँ??

मात्र बाहिरी हाँसो  त देख्छन सबैले 
रुँदा म लुकेको कुरा कसलाई सुनाउँ??

मायाको शिखरसम्म पुगेर एक्कासी
फेदैमा पुगेको कुरा कसलाई सुनाउँ??

सफल हुन प्रयास गर्दागर्दै जीवनमा
पलपल चुकेको कुरा कसलाई सुनाउँ??

आत्मसम्मानको ठुला कुरा गर्नेहरु नै
धनसामु झुकेको कुरा कसलाई सुनाउँ??


आँशु

  हाँस्न खोज्छु तैपनी झरिदिन्छ आँशु खुसीहुने प्रयास बिफल गरिदिन्छ आँशु यी नयनमा पिडाहरु कसैले नपढुन भन्छु खै केके हुन्छ आँखाभरी भरिदिन्छ आँश...