जिन्दगीको सिकाइ




हिंड्ने बाटो त कठिन थियो । 

तर पनि निभेन आशाको दियो । । 


अनेकौँ ठक्कर जिवनले लियो । 

हरेक पटक मिठो सन्देश थपियो । । 


प्राय प्राय राता बत्तीहरु मै परियो । 

खुशी मिल्थ्यो जब बल्थ्यो हरियो  । । 


भ्रममा अल्झिइयो दलदलामा फसियो । 

ससाना पिडाहरु  झन् कत्ती हो कत्ती हो । । 


खुशी थोरै थोरै दुखहरु बढी भो । 

पुस्तकले कम भोगाइले धेरै पढियो । । 

आँशु

  हाँस्न खोज्छु तैपनी झरिदिन्छ आँशु खुसीहुने प्रयास बिफल गरिदिन्छ आँशु यी नयनमा पिडाहरु कसैले नपढुन भन्छु खै केके हुन्छ आँखाभरी भरिदिन्छ आँश...