जो जती मेरो दिलमा अटाएका छन्
अफसोच् मलाई भने हटाएका छन् । ।
मेरा मान्छे हुन् साथैमा छु है भन्छु म
खै किन हो झन् झन् माया घटाएका छन् । ।
भो केहि भन्दिन चोट पर्ला तिम्लाई
तिम्रा कुराले यो मन फटाएका छन् । ।
झोलेहरुलाई त मस्ती नै छ यहाँ
सोझाले खाडिमै जीवन कटाएका छन् । ।
लाज नै लजाइसक्यो देखी नेता यी
चल्ला कुर्न गिद्धहरु खटाएका छन् । ।
गन्तव्य पुगी रमाएको देख्छन् सबै
यात्रामा असिनाले त ठटाएका छन् । ।