सपना

एउटा सपना थियो
मेरो लागि ठूलो सपना।
त्यो पूरा गर्ने उदेश्य बोकि,
सपनाभन्दा पनि ठूलो 
जहाज चढेर परदेश पसेको
हिजै हो जस्तो लाग्छ
तर आज हेर्दाहेर्दै
पूरै पाँच महिना
अनि पाँच दिन
भइसकेछ।
कति छिटो बितेको 
यो समय।

वर्तमान समय


सत्य बोलेर यहाँ फलिफाप हुन्न।
साँची भनेको हो मेरो त मन रुन्न।।

कसले पत्याउला  सहरको कुरो।
लालायित छ गाउँको खबर सुन्न।।

दुख सुख सबैको यस्तै हो साथी।
मरेर बाँच्दा नि कसैको मन छुन्न।।

जति जति मायामा धोका खाई।
सीपालु भई झनै मायाजाल बुन्न।।

कस्तो खेल खेलाउछ खेल्नैपर्छ।
चाहेर पनि  नियति सकिदैन चुन्न।।

सचेत नागरिक र समृद्ध राष्ट्रको बाटो

            नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता भएको देश हो। यहाँ हिमाल, पहाड र तराई जस्ता भौगोलिक विविधताले नेपाली समुदायलाई फ...