Showing posts with label माया कहिल्यै मर्दैन ।तर कहिलेकाही मौन भएरै सदाका लागी टाढा जान्छ ।. Show all posts
Showing posts with label माया कहिल्यै मर्दैन ।तर कहिलेकाही मौन भएरै सदाका लागी टाढा जान्छ ।. Show all posts

हराएको आवाज



तिम्रो बोली पनि सुन्न चाहान्न!’
आवेगमा यति भनेर सुधा काखको छोरी च्यापेर माइततिर लागिन्।
आइन्दा मलाई फोन पनि नगर्नु!’

सायद यही हो रविनले अन्तिमपटक सुनेको वाक्य सुधाको मुखबाट ।

ढोकाको चौखटमा उभिएको रविन केही समयसम्म स्तब्ध भएर हेर्दै रह्यो। उसको हात अझै पनि आधा अगाडि बढेको थियो, मानौँ उसले रोक्न खोजेको थियो..तर ढिलो भइसकेको थियो। आँगनको धुलो उडाउँदै सुधा टाढिँदै गइन्, घर फेरि एकपटक शून्य भयो।

रविनको लागि यो नयाँ घटना थिएन। दुई महिना अघि पनि यस्तै भएको थियो। सानो कुराबाट सुरु भएको विवाद घरझगडामा परिणत भएको थियो, सुधा दिनसम्म माइतमा बसेकी थिइन्। ती दिन रविनले कसरी काट्यो, त्यो उसलाई मात्र थाहा थियो...भान्सा र जागिर को भ्याइ नभ्याइ, बच्चाको हाँसो बिना सुनसान घरको भोगाइ, अनि आफ्नै गल्ती के हो भनेर दिनरात सोचमग्न भई अनिदो हुँदाको तनाव ।

तर यसपटक फरक लागिरहेको थियो।
यसपटक सुधाको आँखामा रिसभन्दा पनि केही गहिरो दूरी देखिएको थियो।

……………………..

सुधा स्वभावले अलि चञ्चल थिइन्। उनलाई सबै कुरा आफूअनुसार चाहिन्थ्यो, बोलाइ, व्यवहार, जीवनशैली। रविन भने ठीक उल्टोशान्त, सहनशील, परिवारलाई जोगाइराख्न जे पनि सहन तयार।

तिमी कहिल्यै बदलिँदैनौ,” सुधा बारम्बार भन्थिन्।
तिमीलाई खुसी बनाउनै सक्दिनँ होला,” रविन भित्रभित्रै सोच्थ्यो।

सुधाले कहिलेकाहीँ झुट पनि बोल्थिन्,सानातिना कुरा लुकाउने, बहाना बनाउने। रविनलाई थाहा हुन्थ्यो, तर चुप लाग्थ्यो। उसलाई लाग्थ्यो...“समयसँगै सबै ठीक हुन्छ।

तर समयसँगै दूरी मात्र बढ्दै गयो।

…………………………..

सुधा माइत पुगेपछि केही दिन उसलाई हल्का महसुस भयो।
अब केही दिन शान्ति पाइन्छ,” उनले आमासँग भनिन्।

तर रात परेपछि, जब छोरी सुत्थी, घर शान्त हुन्थ्यो….त्यो शान्तिमा एउटा आवाज हराइरहेको महसुस हुन्थ्यो। त्यो आवाज रविनको थियोसधैं सोध्ने, “खाना खायौ?”, “थाक्यौ कि?”, “के भयो?”

उनले फोन उठाइन्तर तुरुन्तै राखिदिइन्।
किन फोन गरूँ? उसैले गल्ती गरेको हो,” उनले आफैलाई सम्झाइन्।

दिन बित्दै गयो।
एक दिन, दुई दिन, तीन दिनरविनले पनि फोन गरेन।

……………………….

उता रविनको दिनहरू झन् कठिन हुँदै गइरहेका थिए।
काममा मन लाग्दैनथ्यो। घर फर्कँदा झन् भारी लाग्थ्यो। छोरीको सानो जुत्ता देख्दा आँखा रसाउँथ्यो।

उसले धेरैपटक फोन गर्न खोज्यो। नम्बर डायल गर्यो, तर अन्तिम बटन थिच्न सकेन।
उसैले भनेकी , फोन नगर्न,” उसले आफूलाई रोकेको थियो।

एक साँझ, निकै थाकेको मन लिएर उसले निर्णय गर्यो, “ नै जान्छु। सबै कुरा मिलाउँछु।

उसले मोटरसाइकल स्टार्ट गर्यो।
आकाशमा हल्का बादल थियो। सडक केही चिसो फिस्लो थियो।

तर उसको मनमा एउटै कुरा थियो, माफ माग्छु। यसपटक जस्तोसुकै भए पनि उसलाई फर्काएर ल्याउँछु।

………………………………..

उता, माइतमा बसिरहेकी सुधालाई पनि असहज लाग्न थालेको थियो।
आमाले सोध्नुभयो, “कति दिन बस्ने हो अब?”

सुधा चुप लागिन्।
उनको मनमा द्वन्द्व चलिरहेको थियो...अहंकार माया बीचको लडाइँ।

त्यसैबेला फोनको घन्टी बज्यो।

अपरिचित नम्बर।

हेलो?”
के यो रविनजीको परिवार हो?”
होके भयो?”

त्यसपछिको केही सेकेन्डले उनको जीवन बदलिदियो।

उहाँको एक्सिडेन्ट भएको स्थिति गम्भीर तुरुन्त अस्पताल आउनुहोस्।

फोन हातबाट झर्‍यो।

 

अस्पताल पुग्दा सबै ढिलो भइसकेको थियो।

रविन शान्त थियोएकदमै शान्त।
जस्तो सधैं रहन्थ्यो, तर यसपटक सधैंका लागि।

सुधा स्तब्ध भइन्।
उनले छाती थिचेर कराइन्, “रविन! उठ आएकी छुहेर , फर्किएकी छु…”

तर अब उसले सुन्ने थिएन।
त्यो मानिस, जसको बोली उनले सुन्न नचाहेकी थिइन् आज सधैंका लागि मौन भइसकेको थियो।

………………………………..

दिनहरू बित्दै गए।
घर फेरि भरियो, तर अब खालीपन झन् गहिरो थियो।

सुधा कहिलेकाहीँ एक्लै बस्छिन्, पुराना मेसेजहरू पढ्छिन्।
रविनका साना-साना कुरा, खाना खायौ?”,
छोरीलाई माया गरिदेऊ”,
रिस नगर …”

उनले आँसु पुछ्छिन्।

किन मैले त्यतिबेला सुन्न सकिनँ?”
किन मैले उसको माया बुझिनँ?”

अब यी प्रश्नहरूको उत्तर दिने कोही थिएन।

…………………………….

एक साँझ, छोरीले सोधिन्, “आमा, बाबा कहिले आउनुहुन्छ?”

सुधाको मन चिरियो।
उनले छोरीलाई अँगालो हाल्दै भनिन्, बाबा टाढा जानुभएको तर हामीलाई सधैं हेर्दै हुनुहुन्छ।

आँखा रसाउँदै, उनले मनमनै भनिन् रविन, माफ गरअब तिम्रो बोली सुन्न धेरै इच्छा लाग्छतर अब कहिल्यै सुन्न पाउने छैन …”

हराएको आवाज

‘ तिम्रो त म बोली पनि सुन्न चाहान्न !’ आवेगमा यति भनेर सुधा काखको छोरी च्यापेर माइततिर लागिन्। ‘ आइन्दा मलाई फोन पनि न...