धर्मात्मा

"धर्मात्मा"





                                Why Hindu Dharma is the Best | IndiaFactsIndiaFacts

जाबो मन्दिर जाँदैमा कोहि धर्मात्मा हुँदैन।
अरे प्रसाद खाँदैमा कोहि धर्मात्मा हुँदैन।।

टाढाकाहरुसँग खुब घनिष्ठ छौ!!याद गर।
नमिलेसम्म साँधैमा कोहि धर्मात्मा हुँदैन।

जानाजान अर्कालाई दुख दिएर खुसी रे।
नराखी हरि यादैमा कोहि धर्मात्मा हुँदैन।।

आफ्नो दिलभित्र नै पापको कुण्ड बोकि।
गंगाजल घर लाँदैमा कोहि धर्मात्मा हुँदैन।।

बाँचुन्जेल बृद्दाश्रम बस्न बाध्य बनाउँछौ।
बोकेर लास काँधैमा कोही धर्मात्मा हुँदैन।।








While getting my proposal ready....

सिजी घुमघाम

आँशु

  हाँस्न खोज्छु तैपनी झरिदिन्छ आँशु खुसीहुने प्रयास बिफल गरिदिन्छ आँशु यी नयनमा पिडाहरु कसैले नपढुन भन्छु खै केके हुन्छ आँखाभरी भरिदिन्छ आँश...