ताजा खबर
कता पुगियो कता आज लौ रहरै रहरमा
अस्तित्व खोज्दैखोज्दै बिरानो यो सहरमा
ठूलो भयो बिर्सिगयो भन्दाहुन नी भन्नेहरु
घर गाउँ अनि देशकै झल्को हरेक प्रहरमा
![]() |
At Downtown, Greensboro, North Carolina, US |
सम्बन्धको कच्चा डोरीहरु बाटनेसंग,
आशा धेरै नगर्नु है नेटो काटनेसंग
आमा भन्नुहुथ्यो, 'बाबु होसीयार हुनु '
धन, दौलत, हिरा लिई मुटु साटनेसंग!
तिम्रै खुसी
बाच्छोले कसरी खेद्छ मृगलाई नडराई? बुझ्नेछौ । फरक के छ दुइमा माया र घृणा गराई बुझ्नेछौ । । जिन्दगीले यहाँ एकपटक ठक्कर मात्र दिनुपर्छ ।...