वैशाख २७ -
महाभूकम्पको केन्द्रविन्दु बारपाक आसपासदेखि पूर्वको खुम्बुक्षेत्रसम्मका २० भन्दा बढी हिमताल पराकम्पनले छचल्किन वा कमजोर स्थानमा भासिनसक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्। त्यस्तो खतराका कारण तल्लो तटीय क्षेत्रका मानिसलाई सतर्क राखिनुपर्ने उनीहरूको सुझाव छ।
‘भूकम्पको झड्काले पानी बाहिरिने सम्भावना हुन्छ,’ काठमाडौं विश्वविद्यालयस्थित हिमक्षेत्र जलवायु विपत् अध्ययन केन्द्रका प्रमुख डा. रिजनभक्त कायस्थले आइतबार कान्तिपुरलाई भने, ‘सम्भावित दुर्घटनाबाट बच्न बेलैमा सतर्क हुनुपर्छ।’ लम्जुङ–गोरखासीमा मनास्लुदेखि खुम्बुक्षेत्रसम्म २० भन्दा बढी हिमताल छन्। तीमध्ये मस्र्याङ्दी नदी प्रणालीको शिरस्थित ठुलागी, तामाकोसी नदी प्रणालीको शिरस्थित च्छो रोल्पा र दुधकोसी नदी प्रणालीको शिरस्थित इम्जा हिमताल बढी जोखिममा देखिन्छन्। पूर्वको तल्लो वरुण हिमताल पनि जोखिममा छ।
हिमालयक्षेत्रका साना अरू हिमताल समेत ठूला भूकम्प आउँदा फुट्न सक्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विगतका अध्ययनले देखाएका छन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रम वृद्धिले त्यो खतरालाई बढाइरहेको विज्ञहरू बताउँछन्। वैशाख १२ को भूकम्पले हिमतालको अवस्था के कस्तो भयो भनेर स्थलगत अध्ययन गर्न जरुरी रहेको कायस्थले बताए।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.ऋषिराम शर्माले ‘हिमताललाई अहिलेको भूकम्पले केही भएन भनेर खुसी हुने अवस्था नरहेको’ उल्लेख गरे। वैशाख १२ को भूकम्पले हिमतालको बनावट र पानीको बहावमा ठूलो परिवर्तन ल्याए/नल्याएकोबारे छिट्टै स्थलगत अध्ययन गरिने उनले जानकारी दिए।
इसिमोडका हिमतालविज्ञ प्रदीपकुमार मुलले लाङटाङमाजस्तै भूकम्प वा अन्य कारणले हिमपहिरो आए हिमतालमा खतरा हुने जानकारी दिए। विभागले ७.६ रेक्टरस्केलको भूकम्प गएलगत्तै उच्च जोखिमका तीन हिमतालको ‘स्याटेलाइट तस्बिर’ लिएको थियो। ‘ठूला हिमतालहरू ठुलागी, च्छो रोल्पा र इम्जामाको आकार, फैलावट, पानीको बहावमा कुनै परिवर्तन आएको त देखिएन,’ महानिर्देशक शर्माले भने, ‘तर, विस्तृत अध्ययन गनरी अहिले नै भूकम्पले असर गरेन भनेर किटान गर्न गाह्रो छ।’ महाभूकम्पलगत्तै इम्जा हिमताल विस्फोट हुनसक्ने भनी अफवाह फैलाएपछि विभागले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेको थियो।
इसिमोड, विभाग, त्रिवि र केयूले सन् २००९ मा ठुलागी र च्छोरोल्पा हिमतालको विस्तृत अध्ययन गरेको थियो। इम्जाको पनि विस्तृत अध्ययन भइरहेको छ। विभागले राष्ट्रसंघीय सहयोगमा अहिले इम्जा विस्फोटबाट हुने क्षति न्यून गर्न ‘समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजना’ सञ्चालन गरिरहेको छ। उक्त परियोजनाअन्तर्गत इम्जाको पानीको सतह ३ मिटर घटाएर सम्भावित जोखिम घटाउने काम चलिरहेको छ। खुम्जुङ, नाम्चेबजार, चौंरीखर्क हुँदै लुक्लासम्म पूर्व सूचना प्रणाली जडान गरिँदै छ। तल्लो तटीय क्षेत्रको सिरहा, सप्तरी र उदयपुरसम्म हुनसक्ने क्षति न्यून गर्न अहिलेदेखि नै विभिन्न कार्यक्रम चलिरहेका छन्।

No comments:
Post a Comment
thanks for your kind participation