के भुइचालोको भविष्यवाणी सम्भव छ?

भूकम्पको भविष्यवाणी



भूकम्पको भविष्यावाणी सम्भव छ ? यो प्रश्न धेरैको मनमा उब्जिन्छ । यद्यपि भूकम्पको भविष्यवाणीका सम्बन्धमा खासै प्रगति हुन सकेको छैन । पृथ्वीका विभिन्न प्लेटको गति र पहिले भूकम्प आएको क्षेत्रको अध्ययनका आधारमा केही अनुमान भने गर्न सकिन्छ ।

कुनै स्थानमा ७ रेक्टर स्केलसम्मको भूकम्प आएको छ भने आगामी ५० वर्षभित्र अर्को भूकम्प आउने सम्भावना ५० प्रतिशत हुन सक्ने अनुमान सम्म गर्न सकिन्छ, तर उक्त अनुमानलाई समेत पूर्ण विश्वसनीय मान्न सकिँदैन । पहिले त्यही स्थानमा आएको धक्का पछि अर्को स्थानमा पनि अनुभव गर्न सकिँदैन बरु कुनै स्थानमा भूकम्प आयो भने त्यहाँ फेरि अर्को धक्का भने अनुभव गर्न सकिन्छ र त्यो स्थानमा यस्ता धक्का केही समयसम्म आइरहन्छन् भन्ने कुरामा वैज्ञानिकहरू एकमत छन् ।

पृथ्वीको भित्री भागमा रहेका चट्टान तथा भूकम्पका बीचमा केही समय अघि म्याग्नेटिक र इलेक्ट्रिक चार्जमा भिन्नता आउँछ । वैज्ञानिकहरू यसैका कारण इलेक्ट्रोम्याग्नेटिक फिल्डमा परिवर्तन भएर केही समयअघि भूकम्प आउने पूर्वानुमान गर्न सकिने धारणा व्यक्त गर्छन् । त्यसैगरी पृथ्वीबाट ग्याँस निस्किएर हल्लिएपछि मात्र भूकम्प आउने हँुदा यसलाई पनि खतराको संकेत मानिन्छ । यद्यपि यी सबै एकदमै छोटो समयमा हुने भएकाले भविष्यवाणी नै गर्न गार्‍हो हुन्छ । सन् २००९ मा इटालीको नेसनल इन्स्टिच्युट फर न्युक्लियर फिजिक्सका एक जना प्राविधिकले पृथ्वीको भित्री भागबाट निस्किएको रेडन ग्यासका आधारमा आफूले भूकम्पको भविष्यवाणी गरेको बताएका थिए, तर उनको उक्त दाबी अहिले पनि विवादित नै छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २००० देखि २००९ सम्म भूकम्पका बारेमा विभिन्न अध्ययन गरेको थियो । नासाले यसलाई क्वेकसिम प्रोजेक्ट नामाकरण गरेको थियो । अनुसन्धानकर्ताहरूले जिपिएस र उच्च गुणस्तरीय राडार इमेजका आधारमा हजारौं तथ्यांक संकलन गरेका थिए । उनीहरूले विभिन्न प्रकारका सिमुलेसन प्रोग्राम र विश्वका अर्थक्वेक हट स्पटहरूको नक्सासमेत निर्माण गरेर भूकम्पको विश्लेषण गरेका थिए । नासाले भूकम्पको भविष्यवाणी कति सम्भव छ भन्ने कुरा पत्ता लगाउन अनेकन प्रयास गरे पनि सफलता भने प्राप्त गर्न सकेको छैन ।

वैज्ञानिकहरूले कुनै पनि स्थानको भौगोलिक बनावट एवं उक्त क्षेत्रमा पहिले गएको भूकम्पका आधारमा नै भूकम्प जाने वा नजाने अनुमान गर्छन् । भूकम्पको भविष्यवाणीका लागि केही सिद्धान्त व्यवहारमा आएको पाइन्छ । पहिलेको इतिहासका आधारमा गरिने अध्ययनलाई वैज्ञानिकहरू ‘लङ टर्म सिस्मोक्याट’ भन्छन् । त्यसैगरी अर्को प्रकारको अध्ययनलाई ‘स्लो अर्थक्वेक’ भनिन्छ । यसमा भूकम्प आउनुभन्दा अघि हुने इलेक्ट्रिकल डिस्टर्बेन्स तथा चट्टानहरूमा हुने चापको अध्ययन गरिन्छ ।

No comments:

Post a Comment

thanks for your kind participation

वतावरण दिवस

मुखिया बालाई नटेर्ने कमै छन् गाउँमा। सबैका प्रीय, न्यायप्रेमी अनि समाजसेवी। केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ गाउँमा। बाटो...