मेरो अन्तिम रात

        "मेरो अन्तिम रात"
थररर थररर गर्न थाल्यो
मेसो पाउन सकिन कता पो लुक्ने
फेरि त्यो खटारोको पनि त माया लाग्छ
म त्यही खटारोलाई
च्याप्प समातेर
उभिइरहे तीन तले घरको फेदमा
अशुरक्षाको बिचमा सुरक्षित आभास गर्दै
कम्पन छुटिरहेको थियो
कहिले जोडजोडले कहिले सुस्तरी
थामिएन धेरै बेरसम्म
म समातेरै उभिइरहेँ उभिइरहेँ
छिप्पिदै गरेको रातमा पातलिएको चहलपहल
कसलाई पो गुहार गर्नु
कुरेरै उभिइरहेँ हालत सामान्य हुन्छ कि भनी
कुर्दाकुर्दै म ढलेछु आफुले आफुलाई धान्न नसकेर
खटारो त खटारो भइहाल्यो
अकस्मात
भाले बासेको गुञ्जायस कानमा पसेपछि
म झसँग भएँ
एकदम सुरक्षित रहेछु
ब्ल्याङ्केटको न्यानोपन भित्र
निदाएको जस्तै गरेर ननिदाएरै बुझेँ
रातारात छोरोले घर ल्याएको रहेछ
सोचमग्न भए घण्टौँ
गरेँ एउटा कठोर निर्णय
त्यो गिलास मेरो अन्तिम गिलास रहनेछ
त्यो रात नशासँगको मेरो अन्तिम रात हुनेछ
हो मैले रक्सी त्यागेँ
हो मैले रक्सी त्यागेँ...


Darkness Is the Light That Has Not yet Reached Us - Isabel M. Martínez

No comments:

Post a Comment

thanks for your kind participation

बुझ्नेछौ

बाच्छोले कसरी खेद्छ मृगलाई नडराई? बुझ्नेछौ ।   फरक के छ दुइमा माया र घृणा गराई बुझ्नेछौ । ।   जिन्दगीले यहाँ एकपटक ठक्कर मात्र दिनुपर्छ ।...