मेरो अन्तिम रात
"मेरो अन्तिम रात"
थररर थररर गर्न थाल्यो
मेसो पाउन सकिन कता पो लुक्ने
फेरि त्यो खटारोको पनि त माया लाग्छ
म त्यही खटारोलाई
च्याप्प समातेर
उभिइरहे तीन तले घरको फेदमा
अशुरक्षाको बिचमा सुरक्षित आभास गर्दै
कम्पन छुटिरहेको थियो
कहिले जोडजोडले कहिले सुस्तरी
थामिएन धेरै बेरसम्म
म समातेरै उभिइरहेँ उभिइरहेँ
छिप्पिदै गरेको रातमा पातलिएको चहलपहल
कसलाई पो गुहार गर्नु
कुरेरै उभिइरहेँ हालत सामान्य हुन्छ कि भनी
कुर्दाकुर्दै म ढलेछु आफुले आफुलाई धान्न नसकेर
खटारो त खटारो भइहाल्यो
अकस्मात
भाले बासेको गुञ्जायस कानमा पसेपछि
म झसँग भएँ
एकदम सुरक्षित रहेछु
ब्ल्याङ्केटको न्यानोपन भित्र
निदाएको जस्तै गरेर ननिदाएरै बुझेँ
रातारात छोरोले घर ल्याएको रहेछ
सोचमग्न भए घण्टौँ
गरेँ एउटा कठोर निर्णय
त्यो गिलास मेरो अन्तिम गिलास रहनेछ
त्यो रात नशासँगको मेरो अन्तिम रात हुनेछ
हो मैले रक्सी त्यागेँ
हो मैले रक्सी त्यागेँ...
शुत्र
हरेक दुख सुखको धरोहर हो
हरेक रातहरु बिहानिका मार्गदर्शक हुन
हरेक हार जितका शुत्र हुन
त्यसैले मान्छे
नहार हारदेखी
नआत्त दुखमा
र नडराउ रातसँग।🌹🌹🌹
बुझ्नेछौ
बाच्छोले कसरी खेद्छ मृगलाई नडराई? बुझ्नेछौ । फरक के छ दुइमा माया र घृणा गराई बुझ्नेछौ । । जिन्दगीले यहाँ एकपटक ठक्कर मात्र दिनुपर्छ ।...
-
तिम्रै खुसी त्यही ठाउँ भेट्न आउँछु पर्ख फर्क तिम्रै खुसी माया मेरो घट्नेछैन तर्के तर्क तिम्रै खुसी ।। भुलेर ती हिजोका पल बाँच्नदेउ भनौलि न...
-
मुखिया बालाई नटेर्ने कमै छन् गाउँमा। सबैका प्रीय, न्यायप्रेमी अनि समाजसेवी। केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ गाउँमा। बाटो...
-
सत्य बोलेर यहाँ फलिफाप हुन्न। साँची भनेको हो मेरो त मन रुन्न।। कसले पत्याउला सहरको कुरो। लालायित छ गाउँको खबर सुन्न।। दुख सुख...