मेरो अन्तिम रात
"मेरो अन्तिम रात"
थररर थररर गर्न थाल्यो
मेसो पाउन सकिन कता पो लुक्ने
फेरि त्यो खटारोको पनि त माया लाग्छ
म त्यही खटारोलाई
च्याप्प समातेर
उभिइरहे तीन तले घरको फेदमा
अशुरक्षाको बिचमा सुरक्षित आभास गर्दै
कम्पन छुटिरहेको थियो
कहिले जोडजोडले कहिले सुस्तरी
थामिएन धेरै बेरसम्म
म समातेरै उभिइरहेँ उभिइरहेँ
छिप्पिदै गरेको रातमा पातलिएको चहलपहल
कसलाई पो गुहार गर्नु
कुरेरै उभिइरहेँ हालत सामान्य हुन्छ कि भनी
कुर्दाकुर्दै म ढलेछु आफुले आफुलाई धान्न नसकेर
खटारो त खटारो भइहाल्यो
अकस्मात
भाले बासेको गुञ्जायस कानमा पसेपछि
म झसँग भएँ
एकदम सुरक्षित रहेछु
ब्ल्याङ्केटको न्यानोपन भित्र
निदाएको जस्तै गरेर ननिदाएरै बुझेँ
रातारात छोरोले घर ल्याएको रहेछ
सोचमग्न भए घण्टौँ
गरेँ एउटा कठोर निर्णय
त्यो गिलास मेरो अन्तिम गिलास रहनेछ
त्यो रात नशासँगको मेरो अन्तिम रात हुनेछ
हो मैले रक्सी त्यागेँ
हो मैले रक्सी त्यागेँ...

आँशु
हाँस्न खोज्छु तैपनी झरिदिन्छ आँशु खुसीहुने प्रयास बिफल गरिदिन्छ आँशु यी नयनमा पिडाहरु कसैले नपढुन भन्छु खै केके हुन्छ आँखाभरी भरिदिन्छ आँश...
-
जो जती मेरो दिलमा अटाएका छन् अफसोच् मलाई भने हटाएका छन् । । मेरा मान्छे हुन् साथैमा छु है भन्छु म खै किन हो झन् झन् माया घटाएका छन् । । ...
-
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता भएको देश हो। यहाँ हिमाल, पहाड र तराई जस्ता भौगोलिक विविधताले नेपाली समुदायलाई फ...
-
‘ तिम्रो त म बोली पनि सुन्न चाहान्न !’ आवेगमा यति भनेर सुधा काखको छोरी च्यापेर माइततिर लागिन्। ‘ आइन्दा मलाई फोन पनि न...