भर हुँदैन



बर्षा यामको पानीको भर हुँदैन जानिराख।
रुप अनि जवानीको  भर हुँदैन जानिराख।।

मैलेजस्तै माया गर्ने धेरै नै छन भन्छौ तिमि 
मनगढन्ते कहानिको भर हुँदैन जानिराख।।


 भोलिदेखि राम्रो मन्छे बन्छु भनि भाखा सार्छौ
 हरेक ती बिहानिको भर हुँदैन जानिराख।।

 आफुले नै आफ्नो गीत गाउँदै हिँड्ने धेरै देखेँ
 ज्ञान भको अज्ञानीको भर हुँदैन जानिराख।।

 जन्मजन्म सँगै जिउने मर्ने कसम खाएपनि
 धन हेर्ने सान्नानीको भर हुँदैन जानिराख।।

 

कसलाई सुनाउँ??






मन दुखेको कुरा कसलाई सुनाउँ??
यी आँसु सुकेको कुरा कसलाई सुनाउँ??

मात्र बाहिरी हाँसो  त देख्छन सबैले 
रुँदा म लुकेको कुरा कसलाई सुनाउँ??

मायाको शिखरसम्म पुगेर एक्कासी
फेदैमा पुगेको कुरा कसलाई सुनाउँ??

सफल हुन प्रयास गर्दागर्दै जीवनमा
पलपल चुकेको कुरा कसलाई सुनाउँ??

आत्मसम्मानको ठुला कुरा गर्नेहरु नै
धनसामु झुकेको कुरा कसलाई सुनाउँ??


सपना

एउटा सपना थियो
मेरो लागि ठूलो सपना।
त्यो पूरा गर्ने उदेश्य बोकि,
सपनाभन्दा पनि ठूलो 
जहाज चढेर परदेश पसेको
हिजै हो जस्तो लाग्छ
तर आज हेर्दाहेर्दै
पूरै पाँच महिना
अनि पाँच दिन
भइसकेछ।
कति छिटो बितेको 
यो समय।

जिन्दगीको सिकाइ

हिंड्ने बाटो त कठिन थियो ।  तर पनि निभेन आशाको दियो । ।  अनेकौँ ठक्कर जिवनले लियो ।  हरेक पटक मिठो सन्देश थपियो । ।  प्राय प्राय राता बत्तीह...